तत्काल समस्या समधान गर

पुरानो शैलीमा निर्माण गरिएको दैलेखको जिर्ण कारागारमा अहिले ६७ जना कैदीबन्दीहरु कोचाकोच भरिएका छन् । साँगुरो भएका  कारण कैदीहरुले पालैपाले सुत्नुपर्ने अवस्था समेत सृजना भएको छ ।         १६ जना क्षमता मात्र कैदीको लागि बनाईएको कारागारमा अहिले ६७ जना कैदी बन्दिहरुले कष्टकर रुपमा बस्नु परेको छ ।
पछिल्ला दिनहरुमा अपराधिक घटनाहरु दिन प्रतिदिन बढ्दै गएपछि जिल्ला कारागारमा अदालतद्धारा पुर्पपक्षका लागी भनि पठाइएको कैदै बन्दिहरु प्रहरीको हिरासतमा राख्नु पर्ने अबस्था सिर्जना भएको छ । एकातिर         शहरी विकास तथा भवन निर्माण विभागबीच समन्वय नहुँदा भवन  अपुरो डिजाइनमा बने पछि ठेकेदारले काम सम्पन्न गर्दा समेत भुक्तानी नदिने प्रवृतिको पनि अन्त्य गर्नु      जरुरी छ ।  यस्तो भवनमा सर्न नसकिने भन्दै आनाकानी गरिरहेको जिल्ला प्रहरी  जिल्ला प्रशासनले तत्काल बिकल्पको खोजी गरे        राम्रो हुने देखिन्छ । गल्ती गरेकाहरुलाई सच्चाउनको लागि बनाईएको कारागारको पीडादायक बसाईले झनै कैदी बन्दीहरुको सोचमा कस्तो असर गर्ला उनीहरुको समेत मानवअधिकारको बारेमा सोच्ने हो की ? नयाँ भवनको बिकल्प खोजी गरी  नवनिर्मीत भवनमा सारेर उनीहरुलाई समस्या बाट उन्मिक्ति दिनु  पर्छ । मानव जीवनका सवै पक्षहरुसँगको खेलवाडलाई बन्द गरि समस्या समाधान खोजे राम्रो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार